इलाम १ प्रदेश सभा ‘क’ मा एकीकृत समाजवादीकी लङ्वा विजयी

  नयाँ बुलन्द
511 Shares

इलाम : इलाम १ को प्रदेश सभा ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवम् एकीकृत समाजवादीकी नेतृ खिनु लङ्वा (लिम्बू) विजयी भएकी छन् ।

लङ्वाले एमालेकी शोभा पराजुलीलाई एक हजार नौ सय ७६ मतान्तरले पराजित गरिन् । लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी एमालेकी शोभा पराजुलीले ११ हजार तीन सय ९४ मत प्राप्त गरिन् ।

मतदानको क्रममा प्रत्यक्ष तर्फको मतपत्र समानुपातिक निर्वाचन प्राणलीतर्फको मतपेटिका पनि खसाएको पाइएकोले अन्तिम विवरण समानुपातिक निर्वाचन प्रणाली तर्फको सम्पूर्ण मतगणना सम्पन्न भएपश्चात सार्वजनिक गरिने निर्वाचन अधिकृत राजकुमार दाहालले बताए ।

सो क्षेत्रमा २९ हजार ४ सय ९६ मत खसेको थियो ।

उनी अघिल्लो निर्वाचनमा समेत एमालेका तर्फबाट सोही क्षेत्रबाट विजयी भएकी थिइन् । पार्टी विभाजनपछि उनी एकीकृत समाजवादीतिर लागेर मन्त्री समेत भइन् । यसपटक सो क्षेत्र एमालेले गुमाएको छ ।

स्थानीय स्तरमा विकासप्रेमी नेतृको रुपमा आफूलाई स्थापित गर्न सफल लङ्वा लोकप्रिय मतका साथ विजयी भएकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार