इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्बाङको चुनौतीपूर्ण जित

  राम योङहाङ
1.4k Shares

इलाम :  पूर्वसंविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम २ बाट विजयी भएका छन् ।

गएराती सम्पन्न गतगणनामा नेम्बाङले नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई एक सय १४ मत अन्तरले पराजित गरेका हुन् ।

सुरुवातदेखि नै कडा प्रतिस्पर्धा भएको यो क्षेत्रमा नेम्वाङलाई चुनाव जित्न यो पटक निकै चुनौती सामना गर्नु पर्यो । कहिले अग्रता बनाउँदै त कहिले पछि पर्दै भएपनि नेम्बाङले परिणाम आफ्नो पक्षमा पार्न सफल भए ।

६९ हजार ८५ मत खसेको नेम्बाङले ३० हजार २० मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिष्पर्धी खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नेम्बाङको सो क्षेत्रबाट संसदीय चुनावी यात्राको लगातार पाँचौं जित हो । ०५६ देखि एमालेबाट लगातार त्यस क्षेत्रबाट उम्मेद्वार बन्दै आएका नेम्बाङले सबै निर्वाचन जित्दै आएका छन् ।

०५६ को संसदीय निर्वाचनमा पहिलो पटक चुनावी मैदानमा प्रवेश गरेका नेम्बाङले कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । मुलुकको राजनीतिक परिवर्तनपछि भएको ०६४ मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसका केशव थापालाई र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै भेषराज आचार्यलाई पराजित गरेका थिए ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकै थापालाई दोश्रोपटक पराजित गर्दै पराजित गर्दै संसदमा चौथो पटक निर्वाचित बनेका थिए ।

 १४ जना प्रतिष्पर्धी रहेको सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थान हासिल गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाले एकह हजार तीन सय ८० मत प्राप्त गरेका छन् ।

चौथोमा मंगोल नेशनल अर्गनाइजेशनका मणीबहादुर लिम्बू (पापो) ले एक हजार ती सय ६३, पाँचौमा राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुङ्वाले एक हजार दुई सय ७२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी अन्य उम्मेद्वारहरु जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले सात सय २४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बूले छ सय ८४, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले पाँच सय १०, स्वतन्त्र उम्मेद्वार दिपेश बोहोराले ९१ मत, लोकतान्त्रि समाजवाली पार्टीका निरमणी माङमु लिम्बूले ६९, नेपाली कांग्रेस (वि.पी.) डाप्रसाद गौतमले ५४, नेपाल कम्युनिष्ट पार्टीका याकबहादुर लिम्बूले ४८, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगरले ४५ र स्वतन्त्र उम्मेद्वार जुनु माखिमले १९  मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार