इलाम २ मा नेम्बाङ पछि परे, १६ मतले खड्काको अग्रता

इलाम : इलाममा पूर्वसंविधानसभा अध्यक्ष एवमे नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ पछि परेका छन् । इलाम नगरपालिकाको वडा नम्बर १ र २ को मत गणना गर्न बाँकी रहँदा नेम्बाङ १६ मतले पछि परेका हुन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले २८ हजार ४ सय ८६ मतका साथ अग्रता बनाएका छन् । उनका निकटतम् प्रतिष्पर्धीका रुपमा नेम्बाङले २८ हजार ४ सय ७० मत प्राप्त गरेका छन् ।

अघिल्लो दिनसम्म एक हजार सात सय ३४ मतान्तर बनाएको नेम्बाङको अग्रता अल्ट्याए खड्काले अग्रता लिएका हुन् । अहिले नेम्बाङ र खड्का चुनावी भिडन्त सर्वत्र चासोको विषय बनेको छ ।

बाँकी २ वटा वडाको मतगणनामा दुईमध्ये कस्ले चुनाव जित्छ भन्ने दुवैपक्षले सहजै आँकलन गर्न सकेका छैनन् । गत स्थानीय तहको निर्वाचन अनुसार वडा नम्बर २ मा एमालेको केही प्रभाव बलियो भएको दावी गरिएको छ भने १ वडामा कांग्रेसको प्रभाव बलियो रहेको दावी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार