इलाम : इलाम २ को प्रदेश सभा ‘क’ को नतिजा उल्टिएको छ । देउमाई नगरपालिकाको मत गणना सकिँदा एक सय ३४ मतान्तरले पछि परेको कांग्रेसले इलाम नगरपालिकाको गणन सुरुभएसँगै अग्रता लिएको हो ।
कांग्रेसका गोविन्द गिरीले १३ हजार छ सय ४६ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । उनका निकटतम् प्रतिष्पर्धी एमालेका गणेशप्रसाद बरालले १२ हजार छ सय ८८ मतका साथ पछ्याईरहेका छन् ।
सो क्षेत्रमा ६० हजार ८२ मतदाता रहेकामा ३६ हजार नौ सय २९ मत खसेको छ ।