इलाम : इलाम २ को प्रदेश सभा (२) का उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का हर्कबहादुर लावतीले आफू पराजित भएपनि निर्वाचनका समयमा मतदाताहरुसँग गरेको वाचा र प्रतिवद्धताहरु पूरा गर्न पहल गर्ने बताएका छन् ।
शुक्रबार एक प्रेस विज्ञप्तिमार्फत लावतीले मतदातालाई धन्यवाद दिँदै मतदाताहरुको घरुदैलोमा भेटघाट गर्दै प्रतिवद्धताहरु पूरा गराउनका लागि पहल गर्दै अरोरात्र खट्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले बहुदलीय व्यवस्था र निर्वाचन प्रणालीमा जित र हार निश्चित प्रक्रिया रहेको उल्लेख गर्दै विजयी प्रतिष्पर्धी रामबहादुर मगर रानालाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।
सो क्षेत्रबाट एमालेका केन्द्रीय सदस्य राना प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
यस्तो छ विज्ञप्ति :