इलाम : इलाम क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल दुई हजार ३४ मतान्तरले पछि परेका छन् ।
३१ हजार आठ सय ८२ मत गन्दा नेकपा (एमाले) का महेस बस्नेतले १३ हजार सात सय ४६ मत प्राप्त गरेका छन् । गठबन्धनको समर्थन पाएका खनालले ११ हजार सात सय १२ मतका साथ पछ्याईरहेका छन् । सुरुदेखि अग्रता लिएको बस्नेतले निरन्तर अग्रता बढाउँदै लगेका छन् ।
सो क्षेत्रमा १ लाख ९ हजार ५ सय ३५ मतदातामध्ये ५९ हजार १ सय ३६ मत खसेको छ ।
सो क्षेत्रको प्रदेश सभा ‘क’ मा नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा (लिम्बू) ले अग्रता कायम राखेका छन् भने ‘ख’ मा एमालेका दीपककुमार थेवेले अग्रता लिएका छन् । ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की नेतृ लङ्वाले पाँच सय ८३ मतान्तरले अग्रता कायम राखेकी छन् ।
लङ्वाले पाँच हजार नौ सय दुई मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी एमालेकी शोभा पराजुलीले पाँच हजार तीन सय १९ मतका साथ पछ्याईरहेका छन् ।
त्यहाँ आठ प्रतिष्पर्धी छन् । सो क्षेत्रमा ५५ हजार २ सय ४७ मतदाता रहेकामा २९ हजार ४ सय ९६ मत खसेको छ ।
प्रदेश सभा ‘ख’ मा एमालेका उम्मेद्वार दिपककुमार थेवेले तीय सय ४४ मतान्तरका साथ अग्रता लिएका छन् । १६ हजार ८९ गणना गर्दा थेवेले ७ हजार ७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका शम्शेर राईले ६ हजार सात सय ४४ मतका साथ पछ्याइरहेका छन् ।
यसअघि राईले निरन्तर अग्रता लिदैं आएका थिए । त्यहाँ छ जना प्रतिष्पर्धी छन् । ५४ हजार २ सय ८८ मतदाता रहेको सो क्षेत्रमा २९ हजार ६ सय ४० मत खसेको छ ।