इलाम १ को प्रदेश सभा ‘ख’ मा एमालेले लियो अग्रता

  नयाँ बुलन्द
567 Shares

इलाम : इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा नेकपा एमालेले अग्रता लिएको छ । सुरुदेखि अग्रता लिएको कांग्रेलाई पछि पार्दै एमालेले अग्रता लिएको हो ।

एमालेका उम्मेद्वार दिपककुमार थेवेले तीय सय ४४ मतान्तरका साथ अग्रता लिएका छन्  । १६ हजार ८९ गणना गर्दा थेवेले ७ हजार ७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका शम्शेर राईले ६ हजार सात सय ४४ मतका साथ पछ्याइरहेका छन् ।

यसअघि राईले निरन्तर अग्रता लिदैं आएका थिए । त्यहाँ छ जना प्रतिष्पर्धी छन् । ५४ हजार २ सय ८८ मतदाता रहेको सो क्षेत्रमा २९ हजार ६ सय ४० मत खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार