इलाम : इलाम क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल निरन्तर पछि परेका छन् । खनाल एक हजार छ सय ४२ मतान्तरले पछि देखिएका छन् ।
२८ हजार तीन सय ९३ मतगणना सकिएको छ । सुरुवाती अग्रता लिएको नेकपा (एमालेका महेस बस्नेतले १२ हजार दुई सय ७५ मत प्राप्त गरेका छन् । गठबन्धनको समर्थन पाएका खनालले १० हजार छ सय ३३ मत आएको छ ।
क्षेत्र १ प्रतिनिधि सभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ । मतगणना सूर्योदय नगरपालिकको सभाहलमा भइरहेको थियो ।
सो क्षेत्रको प्रदेश सभा ‘क’ मा नेकपा (एकीकृत समाजवादी) र ‘ख’ मा नेपाली कांग्रेसको अग्रता छ । ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की नेतृ खिनु लङ्वा (लिम्बू) को पाँच सय ८३ मतान्तरको अग्रता छ ।
लङ्वाले पाँच हजार नौ सय दुई मत प्राप्त गरेका छन् । उनकी निकटतम प्रतिष्पर्धी एमालेकी शोभा पराजुलीले पाँच हजार तीन सय १९ मत पाएका छन् ।
त्यहाँ आठ प्रतिष्पर्धी छन् । सो क्षेत्रमा ५५ हजार २ सय ४७ मतदाता रहेकामा २९ हजार ४ सय ९६ मत खसेको छ ।
त्यसैगरी प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका शम्शेर राईले एक सय ९५ मतान्तरको अग्रता छ । राईले पाँच हजार छ सय ४६ मत पाउँदा निकटतम प्रतिष्पर्धी एमालेका दिपककुमार थेवको पाँच हजार चार सय ५१ मत आएको छ ।
त्यहाँ छ जना प्रतिष्पर्धी छन् । ५४ हजार २ सय ८८ मतदाता रहेको सो क्षेत्रमा २९ हजार ६ सय ४० मत खसेको छ ।
उता क्षेत्र नम्बर २ मा पूर्व संविधानसभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले निरन्तर अग्रता लिएका छन् ।
नेम्बाङले एक हजार सात सय ६५ मतान्तरले अग्रता लिएका हुन् । नेम्बाङले २० हजार ७१ मत पाउँदा निकटतम प्रतिष्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले १८ हजार तीन सय छ मतका साथ पछ्याईरहेका छन् ।
सो क्षेत्रमा दुई स्वतन्त्रसहित १४ उम्मेद्वार प्रतिष्पर्धामा छन् । १ लाख १५ हजार ४ सय २३ मतदाता रहेकामा ६९ हजार ८५ मत खसेको छ ।
यस्तै प्रदेश सभा ‘क’ एमाले उम्मेद्वार गणेशप्रसाद बरालले ९८ मतका साथ अग्रता लिइरहेका छन् । बराललेछ हजार छ सय सात मत पाउँदा उनका नकिटतम् प्रतिष्पर्धी कांग्रेसका गोविन्द गिरीले छ हजार पाँच सय नौ मतका साथ पछ्याइएरहेका छन् ।
प्रदेश सभा ‘ख’ मा भने पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवम् एमाले नेता रामबहादुर मगर राना निर्वाचित भइसकेका छन् । राना २ हजार ५ सय ८७ मतान्तरसहित निर्वाचित भएका हुन् ।
रानाले १३ हजार ७ सय ५४ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार हर्कबहादुर लावतीले ११ हजार १ सय ६७ मत मात्र प्राप्त गरेका थिए । ५५ हजार ३ सय ४१ मतदाता रहेको सो क्षेत्रमा ३२ हजार १ सय ५६ मत खसेको थियो ।