सिटौलालाई हराउँदै राप्रपा अध्यक्ष लिङदेन झापाबाट दोस्रो पटक निर्वाचित

  नयाँ बुलन्द  647 पटक हेरिएको

इलामः प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन विजयी भएका छन्।

भर्खरै सार्वजनिक मतपरिणाम अनुसार लिङदेनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई हराएका हुन्।

उनले ४० हजार ६४८ मत प्राप्त गरेका छन्। सिटौलाले ३७ हजार ३७२ मत पाए। लिङदेन एमालेसंगको तालमेलमा उम्मेद्वार बनेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार