प्रदेश सभा क तर्फ नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगू विजयी भएका छन् । जबेगूले १६ हजार ८३७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी (एमाले)का राजकुमार भण्डारीले १६ हजार २०४ मत पाए ।
यस क्षेत्रमा ३९ हजार ९३३ मत खसेकामा एक हजार ३३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै,प्रदेश सभा ख मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भए । आङ्बोले १५ हजार ६ सय ७२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्बाङले १२ हजार ६०५ मत प्राप्त गरे।
आङ्बो यसअघि पनि यही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित थिए । १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत हुन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले एक हजार ७६६ मत प्राप्त गरे । यस क्षेत्रमा ३४ हजार ४६५ मत खसेकामा एक ३३८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुवै क्षेत्रमा विजयको घोषणा हुन बाँकी छ ।जबेगू एकीकृत समाजवादी पाँचथरको अध्यक्ष र भण्डारी एमाले पाँचथरको अध्यक्ष छन् ।
नेम्बाङ पार्टीका केन्द्रिय सदस्य हुन भने आङ्बो पोलिटब्युरो सदस्य छन् । हाल प्रतिनिधि सभा सदस्यको मतगणना जारी छ ।