तेस्रो प्रयासमा विश्वप्रकाशको ऐतिहासिक सफलता, १४ हजार मतान्तरमा झापा १ बाट विजयी

  नयाँ बुलन्द
266 Shares

झापा : झापा-१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनले एमालेका अग्निप्रसाद खरेललाई १४ हजार २ सय ७५ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिक यात्रा तय गरेका हुन् ।

शर्माले ३९हजा ६ सय २४ मत पाउँदा खरेलले २५ हजार ३ सय ४९ मत मात्रै पाए । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार