सप्तरीमा उपेन्द्र यादवलाई भारी मतले पछि पार्दै सिके राउत विजयी

  नयाँ बुलन्द
147 Shares

काठमाडौं : सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतले पछि पार्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

निकटतम् प्रतिद्वन्द्वी यादवलाई १८ हजार ६३ मतले पछि पार्दै डा. राउत विजयी भएका हुन् । डा. राउतले ३५ हजार ४२ मत प्राप्त गरे भने पराजित यादवले १६ हजार ९७९ मत ल्याएका छन् ।

यस्तै, प्रदेश सभातर्फ दुईवटै क्षेत्रमा जनमत पार्टीले विजयी हासिल गरेको छ । सप्तरी २ (१) मा सतिशकुमार सिंह निर्वाचित भएका छन् । सप्तरी २ (२) मा जनमत पार्टीकै महेश यादव निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार