इलाम १ को प्रदेश सभा ‘क’ मा समाजवादी र ‘ख’ मा कांग्रेस अगाडि, पच्छ्याउँदै एमाले

इलाम : इलाम १ को प्रदेश सभा ‘क’ मा नेकपा (एकीकृत समाजवादी) र ‘ख’ मा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

प्रदेश सभा ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की नेतृ खिनु लङ्वा (लिम्बू) ले अग्रता कायम राखेकी छन् ।

८ हजार ६ सय ८३ मत गणना गर्दा लङ्वाले ७ सय ५६ मतका साथ अग्रता कायम राखेकी छन् । लङ्वाले ४ हजार १ सय १२ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी शोभा पराजुलीले ३ हजार ३ सय ५६ मत प्राप्त गरेका छन् । लङ्वालाई गठबन्धनको समर्थन छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्ण कट्टेलले ३ सय ३९, मंगोल नेशनल अर्गनाइजेशनका अनुपंदेव माक्रेहाङले ३ सय १४, जनता समाजवादी पार्टी नेपालका लिलाबहादुर सुनुवारले १ सय ७७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुस्मा फागोले ७८, राष्ट्रिय जनमुक्ति पार्टीका दलप्रसाद लिम्बूले ६७ र मौलिक जरोकिलो पार्टीका आशिष महतले ३७ मत प्राप्त गरेका छन् ।

५५ हजार २ सय ४७ मतदाता रहेको सो क्षेत्रमा २९ हजार ४ सय ९६ मत खसेको थियो ।

त्यसैगरी प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका शम्शेर राईले १ सय ६८ मतका साथ अग्रता कायम राखेका हुन् ।

१० हजार ३ सय ९९ मत गणना गर्दा राईले ४ हजार ५ सय ६७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका दिपककुमार थेवेले ४ हजार ३ सय ९९ मतका साथ पच्छाईरहेका छन् । राईलाई गठबन्धनको समर्थन छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र कुमार लामिछानेले ४ सय २६, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार तामाङले ३ सय १, जनता समाजवादी पार्टी नेपालका ओपेन्‍द्र राईले १ सय ९७ र राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रकुमारी लुङ्गेलीले १ सय १५ मत प्राप्त गरेका छन् ।

५४ हजार २ सय ८८ मतदाता रहेको सो क्षेत्रमा २९ हजार ६ सय ४० मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार