इलाम १ को प्रदेश सभा ‘ख’ मा कांग्रेस अगाडि, पच्छ्याउँदै एमाले

  नयाँ बुलन्द
532 Shares

इलाम : इलाम १ को प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । १० हजार ३ सय ९९ मत गणना गर्दा नेपाली कांग्रेसका शम्शेर राईले १ सय ६८ मतका साथ अग्रता कायम राखेका हुन् ।

राईले ४ हजार ५ सय ६७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका दिपककुमार थेवेले ४ हजार ३ सय ९९ मतका साथ पच्छाईरहेका छन् । राईलाई गठबन्धनको समर्थन छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र कुमार लामिछानेले ४ सय २६, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार तामाङले ३ सय १, जनता समाजवादी पार्टी नेपालका ओपेन्‍द्र राईले १ सय ९७ र राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रकुमारी लुङ्गेलीले १ सय १५ मत प्राप्त गरेका छन् ।

५४ हजार २ सय ८८ मतदाता रहेको सो क्षेत्रमा २९ हजार ६ सय ४० मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार