इलाम १ को प्रदेश सभा ‘क’ मा लङ्वाको अग्रता कायमै

  नयाँ बुलन्द
1.2k Shares

इलाम : इलाम १ को प्रदेश सभा ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की नेतृ खिनु लङ्वा (लिम्बू) ले अग्रता कायम राखेकी छन् ।

नेकपा एमालेकी उम्मेद्वार शोभा पराजुली विरुद्ध लङ्वाले ७ सय ५६ मतका साथ अग्रता कायम राखेकी छन् । लङ्वाले ४ हजार १ सय १२ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिष्पर्धी पराजुलीले ३ हजार ३ सय ५६ मत प्राप्त गरेका छन् । लङ्वालाई गठबन्धनको समर्थन छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्ण कट्टेलले ३ सय ३९, मंगोल नेशनल अर्गनाइजेशनका अनुपंदेव माक्रेहाङले ३ सय १४, जनता समाजवादी पार्टी नेपालका लिलाबहादुर सुनुवारले १ सय ७७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुस्मा फागोले ७८, राष्ट्रिय जनमुक्ति पार्टीका दलप्रसाद लिम्बूले ६७ र मौलिक जरोकिलो पार्टीका आशिष महतले ३७ मत प्राप्त गरेका छन् ।

५५ हजार २ सय ४७ मतदाता रहेको सो क्षेत्रमा २९ हजार ४ सय ९६ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार