इलाम : इलाम २ को प्रदेश सभा ‘ख’ पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेका नेकपा एमालेका उम्मेद्वार रामबहादुर मगर रानाले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार रानाले निकटतम प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का हर्कबहादुर लावती (कान्छा) लाई २ सय ६७ मतान्तरका साथ अग्रता लिएका हुन् ।
रानाले २ हजार ५ सय ३१ मत प्राप्त गरेका छन् । लावतीले २ हजार २ सय ६४ मतका साथ रानालाई पच्छाईरहेका छन् । लावतीलाई गठबन्धनको समर्थन छ ।
त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाङ्फेले ८ सय ७६ मतका साथ तेस्रो स्थानमा छन् । र स्वतन्त्र उम्मेद्वार हर्कप्रसाद साम्वाले ३ सय २६, जनता समाजवादी पार्टी नेपालका बलबहादुर आङदेम्बेले ३ सय १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विनयकुमार फागूले २ सय २६, मंगोल नेशनल अर्गनाइजेशनका उजितकुमार राईले ९७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर डाँगीले ७७ मत प्राप्त गरेका छन् ।
५५ हजार ३ सय ४१ मतदाता रहेको सो क्षेत्रमा ३२ हजार १ सय ५६ मत खसेको थियो ।