इलाम : इलाम निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल विरुद्ध एमालेका उम्मेद्वार महेश बस्नेतले अग्रता बढाएका छन् ।
१८ हजार ५ सय २१ मत गन्दा बस्नेतले १ हजार २ सय ७ मतान्तरले अग्रता लिएका हुन् ।
बस्नेतले ८ हजार ५६ मत पाएका छन् । गठबन्धनको समर्थन पाएका खनालले ६ हजार ८ सय ४९ मत मात्र पाएका छन् ।
सो क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका कमलकुमार राईले ४ सय १७, नेपाली कांग्रेस (वि.पी.) का गणेशप्रसाद पौडेलले ९९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतकुमार मुखियाले २८, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटाले ५ सय ७५, राष्ट्रिय जनमुक्तिका पदमबहादुर लिम्बूले १ सय २, मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले ८ सय ७६, स्वतन्त्र उम्मेद्वार नीमातेन्जिङ शेर्पाले १ सय ८७ र विक्रम पाण्डेले ३ सय ३० र नेत्रप्रसाद रेग्मीले १ सय ४४ मत प्राप्त गरेका छन् ।
१ लाख ९ हजार ५ सय ३५ मतदाता रहेको सो क्षेत्रमा ५९ हजार १ सय ३६ मत खसेको थियो ।