इलाम : इलाम निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पछि परेका छन् । १५ हजार ७ सय १८ मत गन्दा खनाल ७ सय ३ मतले पछि परेका हुन् ।
निरन्तर अग्रता लिएको नेकपा एमालेका महेस बस्नेतले ६ हजार ६ सय ४६ मत पाएका छन् । गठबन्धनको समर्थन पाएका खनालले ५ हजार ९ सय ४३ मत मात्र पाएका छन् ।
सो क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका कमलकुमार राईले ३ सय ६२, नेपाली कांग्रेस (वि.पी.) का गणेशप्रसाद पौडेलले ९५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतकुमार मुखियाले २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटाले ४ सय ८७, राष्ट्रिय जनमुक्तिका पदमबहादुर लिम्बूले ८२, मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले ७ सय ९३, स्वतन्त्र उम्मेद्वार नीमातेन्जिङ शेर्पाले १ सय ६४ र विक्रम पाण्डेले ३ सय ४ र नेत्रप्रसाद रेग्मीले ८० मत प्राप्त गरेका छन् ।
१ लाख ९ हजार ५ सय ३५ मतदाता रहेको सो क्षेत्रमा ५९ हजार १ सय ३६ मत खसेको थियो ।
यस्तै क्षेत्र नम्बर २ मा पूर्व संविधान सभाका अध्यक्ष समेत रहेका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले झिनो मतान्तरले अग्रता लिएका छन् ।
७ हजार ४८ मत गणना गर्दा नेम्बाङले ९८ मतका साथ अग्रता लिएका हुन् । नेम्बाङले २ हजार ८ सय १५ मत पाउँदा उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले २ हजार ७ सय १७ मतका साथ पच्छ्याईरहेका छन् ।
यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुङ्वाले ७ सय ९१, जनता समाजवादी पार्टी नेपालका यामप्रसाद लिम्बूले १ सय ९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले १८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बूले ३८, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगरले १, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणी माङमु लिम्बूले ३, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाले ४९, मंगोल नेशनल अर्गनाइजेशनका मणीकुमार लिम्बू (पापो) ले ३४, नेकपा कम्युनिष्ट पार्टीका याकबहादुर लिम्बूले ५ र स्वतन्त्र उम्मेद्वार जुनु माखिमले ८ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेस (वि.पी.) का डाकप्रसाद गौतम र दिपेश कुनैपनि मत प्राप्त गरेका छैनन् ।
१ लाख १५ हजार ४ सय २३ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार ८५ मत खसेको थियो ।