चीनमा ३ जना कोरोना संक्रमितकाे मृत्यु भएपछि पुन: लकडाउन

  नयाँ बुलन्द
42 Shares



काठमाडौं । चीनको राजधानी बेइजिङमा गत शनिबारदेखि यता कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएपछि बृहत परीक्षण सुरु गरिएको छ ।

लामो अन्तरालपछि कोरोना संक्रमणका कारण मृत्यु हुँदा २ करोड १० लाख जनसंख्या रहेको बेइजिङका केही भागमा पुनः लकडाउन गरिएको छ । चीनमा शून्य कोभिड नीति विरुद्ध विरोध भइरहेको बेला राजधानीमै कोरोना संक्रमण बढ्ने र मृत्यु समेत भएपछि सरकारले झन कठोर नीति लिएको छ ।

बेइजिङमा अहिले ३ सय १६ जना कोरोना संक्रमित रहेको जनाइएकाे छ । बेइजिङभित्रका हायतियान र छाओयाङ जिल्लामा लकडाउन गरिसकिएको छ । अन्यत्र पनि विद्यालय सार्वजनिक स्थल, रेष्टुरा र पसलहरुमा भीडभाड नियन्त्रण गरिएको छ । बाहिरबाट बेइजिङ प्रवेश गर्नेहरुले पछिल्लो ३ दिनभित्रको कोरोना परीक्षणको रिपोर्ट देखाउनुपर्ने भएको छ ।

बेइजिङ महानगरको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका उपप्रमुख लिउ स्याओफिङले अवस्था जटिल रहेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार