इलाम : इलाम प्रदेश सभा निर्वचन क्षेत्र नम्बर २ ‘ख’ मा नेकपा एमालेका उम्मेद्वार रामबहादुर मगर रानाले अग्रता बढाएका छन् ।
रानाले ९ सय ४६ मत पाएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका हर्कबहादुर लावती (कान्छा) ले ८ सय ४९ मताका साथ पच्छाइरहेका छन् ।
लावतीलाई गठबन्धनको समर्थन छ ।
त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीकी पवित्रा लिम्बू तुम्बाङ्फेले ४ सय ३०, स्वतन्त्र उम्मेद्वार हर्कप्रसाद साम्वाले १ सय ७१, जनता समाजवादी पार्टी नेपालका बलबहादुर आङदेम्बेले ९६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विनयकुमार फागूले ८२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर डाँगीले १५ र मंगोल नेशनल अर्गनाइजेशनका उजितकुमार राईले ३७ प्राप्त गरेका छन् ।
५५ हजार ३ सय ४१ मतदाता रहेको सो क्षेत्रमा ३२ हजार १ सय ५६ मत खसेको थियो ।
उम्मेद्वारहरुले पाएको मतपरिणाम :
१. रामबहादुर मगर (नेकपा एमाले) : ९४६ मत
२. हर्कबहादुर लावती (नेकपा माओवादी केन्द्र) : ८४९ मत
३. हर्कप्रसाद साम्वा (स्वतन्त्र) : १७१ मत
४. पवित्रा लिम्बु तुम्वाङफे (राष्ट्रिय जनमुक्ति पार्टी) : ४३० मत
५. लालबहादुर डाँगी (राष्ट्रिय प्रजातन्त्र पार्टी) : १५ मत
६. उजितकुमार राई (मंगोल नेशनल अर्गनाइजेसन) : ३७ मत
७. बलबहादुर आङदेम्बे (जनता समाजवादी पार्टी, नेपाल) : ९६ मत
८. विनयकुमार फागु (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : ८२ मत