इलाम : इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल विरुद्ध नेकपा एमालेका महेश बस्नेतले मतान्त बढाएका छन् ।
५ हजार ४ सय ६९ मत गन्दा बस्नेतले २ हजार ४ सय ८५ मतका साथ अग्रता लिएका छन् । उनलाई पूर्वप्रधानमन्त्री खनालले २ हजार १० मतका साथ पच्छ्याइरहेका छन् ।
सो क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका कमलकुमार राईले ६८, नेपाली कांग्रेस (वि.पी.) का गणेशप्रसाद पौडेलले ८४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतकुमार मुखियाले ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटाले ३५, राष्ट्रिय जनमुक्तिका पदमबहादुर लिम्बूले २७, मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले २ सय २०, स्वतन्त्र उम्मेद्वार नीमातेन्जिङ शेर्पाले २३, विक्रम पाण्डेले ६१ र स्वतन्त्र उम्मेद्वार नेत्रप्रसाद रेग्मीले ५ मत प्राप्त गरेका छन् ।
१ लाख ९ हजार ५ सय ३५ मतदाता रहेको सो क्षेत्रमा ५९ हजार १ सय ३६ मत खसेको थियो ।
उम्मेद्वारहरुले पाएको मतपरिणाम :
मतगणना : ५४६९ मत
सदर मत : २६० मत
१. महेस बस्नेत (नेकपा एमाले) : २४८५ मत
२. झलनाथ खनाल (नेकपा एकीकृत समाजवादी) : २०१० मत
३. कमलकुमार राई (जनता समाजवादी पार्टी नेपाल) : ६८ मत
४. तोयानाथ शर्मा सापकोटा (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ३५ मत
५. बुद्धलाल मेचे (मंगोल नेशनल अर्गनाइजेशन) : २२० मत
६. जीतकुमार मुखिया (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : ७ मत
७. पदमबहादुर लिम्बू (राष्ट्रिय जनमुक्ति पार्टी) : २७ मत
८. गणेशप्रसाद पौडेल नेपाली कांग्रेस (वि.पी.) : ८४ मत
९. नीमातेन्जिङ शेर्पा (स्वतन्त्र) : २३ मत
१०. नेत्रप्रसाद रेग्मी (स्वतन्त्र) : ५ मत
११. विक्रम पाण्डे (स्वतन्त्र) : ६१ मत