इलाम २ मा अग्रता उल्टियो, कांग्रेसका खड्कालाई पछि पार्दै एमालेका नेम्बाङ अगाडि (मतपरिणाम सहित)

  नयाँ बुलन्द
7.4k Shares

इलाम : इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सभापति डम्बरबहादुर खड्काको अग्रतालाई उल्ट्याउँदै एमालेका सुवासचन्द्र नेम्बाङले अग्रता लिएका छन् ।

यहाँ २ हजार ९ सय ४१ मत गन्दा एमालेका उम्मेद्वार नेम्बाङले १ हजार ६९ मत प्राप्त गरेका छन् । उता गठबन्धनको समर्थन पाएका कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले १ हजार ३८ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुङ्वाले ३ सय ८५ मतका साथ तेस्रो स्थानमा पच्छ्याइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बूले १२, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाले १६, मंगोल नेशनल अर्गनाइजेशनका मणीकुमार लिम्बू (पापो) ले ८, नेकपा कम्युनिष्ट पार्टीका याकबहादुर लिम्बूले ३ र जनता समाजवादी पार्टी नेपालका यामप्रसाद लिम्बूले ६२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार जुनु माखिमले ६ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेस (वि.पी.) का डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगर, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणी माङमु लिम्बू र स्वतन्त्र उम्मेद्वार दिपेश बोहोराले भने कुनै पनि मत पाएका छैनन् ।

१ लाख १५ हजार ४ सय २३ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार ८५ मत खसेको थियो ।

उम्मेद्वारहरुले पाएकोइलाम २ को पछिल्लो मतपरिणाम :

मतगणना : २९४१ मत

१. सुवासचन्द्र नेम्बाङ (नेकपा एमाले) : १०६९ मत

२. डम्बरबहादुर खड्का (नेपाली काँग्रेस) : १०३८ मत

३. खड्गप्रसाद पालुङ्वा (राष्ट्रिय जनमुक्ति पार्टी) : ३८५ मत

४. प्रकाश सापकोटा (राष्ट्रिय स्वतन्त्र पार्टी) : १६ मत

५. गणेशप्रसाद दुलाल (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ६ मत

६. यामप्रसाद लिम्ब‍ू (जनता समाजवादी पार्टी, नेपाल) : ६२ मत

७. मनिबहादुर लिम्वू (पापो) (मंगोल नेशनल अर्गनाइजेसन) : ८ मत

८. गोविन्दसिंह लिम्बू (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : १२ मत

९. निरमणी माङमु लिम्बू (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल) : ० मत

१०. डाकप्रसाद गौतम (नेपाली कांग्रेस (बी.पी.)) : ० मत

११. तिलकबहादुर मगर (सामाजिक लोकतान्त्रिक पार्टी) : ० मत

१२. याकबहादुर लिम्बू (नेपाल कम्युनिष्ट पार्टी) : ३ मत

१३. जुनु माखिम (स्वतन्त्र) : ६ मत

१४. दिपेश बोहोरा (स्वतन्त्र) : ० मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार