झापा : झापा निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले १ हजार ६०२ मतान्तरले अग्रता लिएका छन्।
७ हजार ६९७ मत गणना गर्दा शर्माले ३ हजार ९६१ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले २ हजार ३५९ मत पाए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ७३५ मत पाए । प्रदेशसभा १ मा पनि पनि सत्ता गठबन्धनका गोपाल तामाङ एमालेका रविन कोईराला भन्दा झिनो मतान्तरले अगाडि छन् ।
१२०५२३ जना कुल मतदाता रहेको झापा १ मा प्रतिनिधिसभामा ८१८६४ र प्रदेशसभा १ (१) मा ४८९३९ र १(२) मा ३२८२५ मत खसेको थियो ।