झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मतान्तर बढाउँदै लगेका छन् । झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका लिङ्देनले पछिल्लो मत परिणाम अनुसार कांग्रेस नेता कृष्णप्रसाद सिटौलाभन्दा ५ सय ६१ मतले अगाडि छन् ।
सुरुवाती मत परिणाममा सिटौलाभन्दा मात्र १४ मतले अगाडि रहेका लिङ्देनले ४ हजार ३ सय ९४ मत गणना सकिँदासम्म उक्त मतान्तर बनाएका हुन् ।
२०७४ को चुनावमा सिटौलालाई १३ हजार बढी मतान्तरले पराजित गरी लिङ्देन पहिलो पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
सिटौला गठबन्धनका उम्मेदवार हुन भने लिङ्देनले गृह जिल्लामा एमालेसँग चुनावी तालमेल गरेको थिए ।