विश्वकप फुटबल : इरानमाथि इंग्ल्याण्डको शानदार जित, साकाको दुई गोल

  नयाँ बुलन्द
252 Shares

इलाम : कतारमा जारी विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित गरेको छ ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार भएको खेलमा बुकाया साकाको दुई गोल मद्दतमा इंग्ल्याण्डले पहिलो खेलमा शानदार जितसहित समूह बी मा ३ अंक जोडेको छ ।

इंग्ल्याण्डलाई जिताउन साकाले ६३औं र ६२औं मिनेटमा गोल गरे । त्यसअघि जुड बेलिङघहमले ३५औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा रहिम स्टरलिङले गोल गरे ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्कुस रासफोर्ड र ज्याक ग्रेलिसले दोस्रो हाफमा गोल थपे । रासफोर्डले ७१औं र ग्रेलिसले ९०औं मिनेटमा गोल गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार