इलाम २ को प्रदेश सभा ‘ख’ मा एमालेका रानालाई २ मतको अग्रता (मतपरिणाम सहित)

  नयाँ बुलन्द
1.6k Shares

इल‍ाम : इलाम प्रदेश सभा निर्वचन क्षेत्र नम्बर २ ‘ख’ मा नेकपा एमालेका उम्मेद्वार रामबहादुर मगर रानाले २ मतको अग्रता लिएका छन् ।

रानाले ४ सय ३७ मत पाएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका हर्कबहादुर लावती (कान्छा) ले ४ सय ३५ मताका साथ पच्छाइरहेका छन् ।

लावतीलाई गठबन्धनको समर्थन छ ।

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाङ्फेले ४ सय २३, स्वतन्त्र उम्मेद्वार हर्कप्रसाद साम्वाले १ सय २०, जनता समाजवादी पार्टी नेपालका बलबहादुर आङदेम्बेले ४१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विनयकुमार फागूले ६९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर डाँगीले १२ र मंगोल नेशनल अर्गनाइजेशनका उजितकुमार राईले ११ प्राप्त गरेका छन् ।

५५ हजार ३ सय ४१ मतदाता रहेको सो क्षेत्रमा ३२ हजार १ सय ५६ मत खसेको थियो ।

सो क्षेत्रका उम्मेद्वारहरुले पाएको मत यसप्रका रहेको छ :

मतगणना : ० मत

बदर मत : ० मत

१. रामबहादुर मगर (नेकपा एमाले) :४३७  मत

२. हर्कबहादुर लावती (नेकपा माओवादी केन्द्र) : ४३५ मत

३. हर्कप्रसाद साम्‍वा (स्वतन्त्र) : १२० मत

४. पवित्रा लिम्बु तुम्वाङफे (राष्ट्रिय जनमुक्ति पार्टी) : ४२३ मत

५. लालबहादुर डाँगी (राष्ट्रिय प्रजातन्त्र पार्टी) : १२ मत

६. उजितकुमार राई (मंगोल नेशनल अर्गनाइजेसन) : ११ मत

७. बलबहादुर आङदेम्बे (जनता समाजवादी पार्टी, नेपाल) : ४१ मत

८. विनयकुमार फागु (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : ६९ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार