इलाम : इलाम प्रदेश सभा निर्वचन क्षेत्र नम्बर १ (१) मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की नेतृ खिनु लङ्वा (लिम्बू) ले सुरुवाती अग्रता लिएकी छन् ।
२ हजार ५ सय ९६ मत गन्दा लङ्वाले १ जहार ३ सय ७४ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी शोभा पराजुली ९ सय ६८ मतका साथ पच्छाईरहेका छन् । लङ्वालाई गठबन्धनको समर्थन छ ।
५५ हजार २ सय ४७ मतदाता रहेको सो क्षेत्रमा २९ हजार ४ सय ९६ मत खसेको थियो ।
सो क्षेत्रका उम्मेद्वारहरुले पाएको मत यसप्रका रहेको छ ।
पछिल्लो मतपरिणाम :
मतगणना : २५९६ मत
बदर मत : ७६ मत
१. खिनु लङ्वा लिम्बू (नेकपा एकीकृत समाजवादी) : १३७४ मत
२. शोभा पराजुली (नेकपा उमाले) : ९६८ मत
३. देव माक्रेहाङ (मंगोल नेशनल अर्गनाइजेसन) : ८३ मत
४. कृष्ण कट्टेल (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ६० मत
५. दलप्रसाद लिम्बू (राष्ट्रिय जनमुक्ति पार्टी) : ४४ मत
६. सुस्मा फागो (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : २ मत
७. लिलाबहादुर सुनुवार (जनता समाजवादी पार्टी नेपाल) : ११ मत
८. आशिष महत (मौलिक जरोकिलो पार्टी) : ४ मत