माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-३ चिबुवास्थित जनकल्याण आधारभूत विद्यालय केन्द्र ’ख’ मा मतपत्र फरक परेपछि करिब आधा घण्टा मतगणना स्थगित भएको थियो ।
समानुपातिक तर्फ प्रतिनिधिसभा निर्वाचनको लागि प्रदेशसभा निर्वाचनको मतपत्र दिएको खुलेपछि विहान करिब १० बजेदेखि आधा घण्टा मतदान स्थगित भएको थियो ।
मतदान अधिकृत लक्ष्मणकुमार मिश्रका अनुसार ४८ जनाले मत खसाइसकेपछि गलत मतपत्र परेको खुलेको थियो ।
प्रदेश सभाका लागि खसाएको ४८ मत प्रतिनिधि सभाका लागि समेत कायम गरेर गणना गर्ने सहमति सहमति भएपछि मतदान पुनः सञ्चालन भएको थियो ।