इलाम : इलाममा ५७ दशमलब ४४ प्रतिशत मत खसेको छ । २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेको इलाममा ५७ दशमलब ४४ मत खसेको हो । जिल्लामा १५० मतदान स्थल र २८५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा निर्धारित समयमा सम्पन्न भएको इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले जानकारी दिए ।
मतपेटीका राती अवेर सम्ममा आई सके पछि सोमबार बिहान सर्वदलिय बैठक बसेर दुई वटै निर्वाचन क्षेत्रको मतगणना शुरु निर्वाचन कार्यालय इलामका प्रमुख देवीचरण फूयालले जानकारी दिए ।
दुई वटा संघीय र ४ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको इलामममा मुख्य प्रतिष्पर्धा एमाले र गठबन्धन बिच छ । क्षेत्र नम्बर १ मा पुर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले जिल्ला अध्यक्ष मेहश बस्नेत बिच प्रतिष्पर्धा छ । त्यस्तै क्षेत्र न. २ मा एमालेका उपाध्यक्ष सुभाष नेम्वाङ र काग्रेस जिल्ला सभापति डम्बर खड्का बिच कडा प्रतिष्पर्धा छ ।