प्रदेशलाई ‘नो भोट’ , खाममा बुझाइयो मतपत्र

  नयाँ बुलन्द
945 Shares

इलाम : इलामका एक युवकले प्रदेश संरचनाप्रति विरोध जनाउँदै प्रदेशसभाका दुवैखाले मतपत्र मतदान अधिकृतलाई फिर्ता दिएका छन्। इलाम नगरपालिका–५ का मोहन अधिकारीले प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्रमा भोट नहाली खाममा हालेर मतदान अधिकृतलाई जिम्मा लगाएका हुन्।

५ नम्बर वडा कार्यालयको केन्द्र ‘ग’ बाट मतदान गरेका उनले प्रतिनिधिसभाका भने प्रत्यक्ष र समानुपातिक दुवैखाले मतपत्रमा मतदान गरेर मतपेटिकामा खसालेको बताए। तर, उनले प्रदेशको संरचना नेपालजस्तो देशलाई आवश्यक नभएको भन्दै फरक तरिकाले विरोध जनाएको बताए।

‘हाम्रोजस्तो देशलाई प्रदेशको संरचना आवश्यक छैन,’ उनले भने, ‘त्यसैले मतमार्फत् नै मैले यस्तो अभिव्यक्ति दिन नयाँ प्रयोग गरेको हुँ।’

आफूले अधकट्टीमा हस्ताक्षर गरी लिएको मतपत्र खाममा हालेर लाहाछापसहित मतदान अधिकृतलाई फिर्ता दिएको उनको भनाइ छ। ‘म मतदाता शिक्षा दिइयो न प्रदेश संरचनाको कुनै काम छ,’ उनले भने, ‘यो खर्चिलो र अनावश्यक संरचना हाम्रो देशलाई चाहिएको छैन।’ उनले आफूले फिर्ता दिएको मतपत्र मतदान अधिकृतले ‘यो पनि मतदाताको अधिकार नै हो’ भनी जिम्मा लिएको जनाए । आवधिक निर्वाचन, लोकतन्त्र, बहुदलीय व्यवस्थालगायत ठीक भएपनि प्रदेश संरचना अनावश्यक रहेको उनको भनाइ छ। नागरिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार