इलाम : प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलामका ११५ वर्षीय वृद्धले मतदान गरेका छन् । जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ का मानबहादुर राईले मतदान गरका हुन् ।
फाकफोकथुम गाउँपालिका-७ स्थित सिंह माध्यमिक विद्यालय शिकारी भन्ञ्याङ मतदानस्थलमा पुगेर राईले मतदान गरेकी हुन् ।
कैदीबन्दीले गरे मतदान
इलाममा कैदीबन्दीले मतदान गरेका छन् । जिल्ला कारागार इलाममा रहेको अस्थायी मतदान केन्द्रमा त्यहाँका कैदीबन्दी मतदानमा सहभागी भएका हुन् ।
२ सय ८० जना मध्ये ६१ जनाले मतदान गर्न पाएका हुन् । अस्थाई मतदाता नामावलीमा नाम भएकाले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गरेका हुन् ।
‘नो भोट’ भन्दै खाममा बुझाइयो मतदान अधिकृतलाई मतपत्र
यसैबीच एक युवाले प्रदेश संरचनाप्रति विरोध जनाउँदै प्रदेशसभाका दुवैखाले मतपत्र मतदान अधिकृतलाई फिर्ता दिएका छन् । इलाम नगरपालिका-५ का मोहन अधिकारीले प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्रमा मत संकेत नगरी खाममा हालेर मतदान अधिकृतलाई जिम्मा लगाएका हुन् ।
५ नम्बर वडा कार्यालयको केन्द्र ‘ग’ बाट मतदान गरेका उनले प्रतिनिधिसभाका भने प्रत्यक्ष र समानुपातिक दुवैखाले मतपत्रमा मतदान गरेका थिए । उनले प्रदेशको संरचना आवश्यक नभएको भन्दै फरक तरिकाले विरोध जनाएका हुन् ।