निर्वाचन पश्चात् देशमा आमूल परिबर्तन हुन्छ : नेता डम्बर खड्का

  नयाँ बुलन्द
189 Shares

इलाम : नेपाली कांग्रेसका जिल्ला सभापति एबम  इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डम्बर बहादुर खड्काले यो निर्वाचनले देशमा आमूल परिबर्तनहुने  बताएका छन् ।
इलाममा मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘यो नेपालीका लागि हर्षको विषय हो ,यो निर्वाचन पश्चात् देशमा गठबन्धनको सरकार निर्माणहुने भएकाले मुलुकमा आमूल परिवर्तन हुनेछ ।’सदरमुकामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विहान ७ बजे मतदान गरेपछि खड्काले अब मुलुक समृद्धिको बाटोमा लाग्ने पनि बताए । साथै खड्काले मतदानमा मतदाताको उत्साहजनक उपस्थिति रहेको भन्दै  मतदातालाई धन्यवाद समेत दिएका छन ।

यो निर्वाचन गराउन  मिडियाहरुको पनि ठूलो भूमिका रहेको भन्दै सञ्चारकर्मीहरुलाई पनि धन्यवाद दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार