यस्तै, प्रदेश सभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि ३ हजार २२४ उम्मेदवार रहेको र सामानुपातिक तर्फ ३ हजार ७०८ जना अन्तिम बन्दसुचीमा कायम गरिएको आयोगले जनाएको छ । आसन्न निर्वाचनको पहिलो हुने निर्वाचित प्रणालीको प्रतिनिधि सभा तथा प्रदेश सभा को ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिसपर्धामा रहेको र सामानुपातिक निर्वाचन प्रणाली तर्फ ५ हजार ९०७ अन्तीम बन्द सुचीमा कायम गरिएको आयोगले जनाएको हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचित हुने निर्वाचनका लागी ४ करोड ६ लाख ५ हजार मतपत्र र सामानुपातिक तर्फ ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरिसकेको छ । पर्यवेक्षणद्वारा निर्वाचनको विश्वस्नीयतालाई अभिवृद्धि गर्न ४४ वाटा संस्थाका ७ हजार २०७ जना र दुईवटा अन्तराष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनाले पर्यवेक्षण गर्ने अनुमती लिएको र भारत, भुटान, माल्दिभ्स, श्रीलंका र दक्षिण कोरियाका प्रमुख आयुक्तको टोलीले पर्यवेक्षण गर्ने भएको छ । साथै १८ वटा कुटनैतिक नियोगका नेपालका समुहले समेत मतदानको दिन अवलोकन गर्ने व्यवस्था मिलाएको प्रवक्त थलियाले जानकारी दिए ।
मतपत्र, निर्वाचन सामाग्री र २ लाख ४६ हजार जना कर्मचारी, आवश्यकता अनुसारको सुरक्षकर्मी मतदान स्थलमा पुगिसकेको छ । साथै निर्वाचन अधिकृतद्वारा बैठक बस्ने, मतदान क्षेत्र तोक्ने, सुचनाहरु प्रकाशित गर्ने, मादकपदार्थ वा हातहतियार बोक्न नदिने लगायतका विषयहरुमा आवस्यक छलफल गर्नेछन् ।
सामाजिक सञ्जालबाट कुनै किसिमको गलत मित्थ्या सुचना प्रवाहबाट निर्वाचन आयोग प्रभावित हुनबाट आयोग सचेत रहेको प्रवक्तको भनाई छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यक्ता अनुसारका सुरक्षा गस्ती र सम्पन्न घुम्ति टोली परिचालन गरेको प्रवक्ता थपलियाले जानकारी दए ।