फाकफोकथुमका एक व्यक्ति मृत अवस्थामा फेला

  नयाँ बुलन्द
14.6k Shares

इलाम: फाकफोकथुम गाउँपालिका-२,धार्नेखोपका ६१ वर्षीय दिलबहादुर तामाङ घरबाट करीब दुई सय मिटर टाढा मृत अवस्थामा फेला परेका छन् ।
गाई बस्तुलाई घाँस काट्न जान्छु भनि बुधबार दिउँसो घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा उनको शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय,इलामले  जानकारी गराएको छ । हाल उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाममा लगिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार