इलाम : पछिल्लो समय नेकपा एमाले परित्याग गरि नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने क्रम बढेको छ ।
बिहीबार मात्र इलाममा सयौंको संख्यामा एमाले परित्याग गरि माओवादी केन्द्र प्रवेश गरेका छन् ।
इलामको देउमाई नगरपालिका १ वडा कमिटी अध्यक्ष सुमन राईको नेतृत्वमा २ सय ७५ जना एमाले कार्यकर्ताहरु माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
त्यसैगरी एमाले देउमाई सचिवालय सदस्य छिरिङ शेर्पा, वडा कमिटी सचिवालय सदस्य मनश्वर राई, अन्जना राई, पवित्रा सुनुवारलगायत रहेका छन् ।
उनीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै गणतन्त्रलाई नै खत्तम गर्ने गरि राजावादीहरुसग चुनावी तालमेल गरेका कारण एमाले परित्याग गरि माओवादी प्रवेश गरेको जनाएका छन् ।