इलाम : बाढीले इलामको देउमाई–फाकफोक खोला दोभानको पक्की पुल बगाएको एक वर्ष बित्यो । तर सो पुल पुनर निर्माणमा कसैले चासो नराख्दा स्थानियले सास्ती ब्यहोर्नु परिरहेको छ । नेताहरु घरघरमा भोट माग्दै आउने गरे पनि समस्या समाधानमा नलागेको स्थानियको दुखेसो छ ।
माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने उक्त पक्की पुल गएको २०६८ साल कात्तिक २ गते राति आएको भेल बाडीले बगाए पनि पुनरनिर्माणमा कसैले वास्था नगरेको भन्दै स्थानिय चिन्तित भएका हुन् ।
माङ्सेबुङ्बाट देउमाई नगरपालिकाको मंगलबारे बजार र इलाम हुँदै बाहिर जान प्रयोग गरिने पक्की पुल नहुँदा स्थानियले हैरानी ब्यहोर्नु परेको छ । भोट माग्न नेताहरु आएपनि एकवर्ष बितेर गसक्दा पनि कसैले समस्या समाधानमा चासो नदेखाएको स्थातियको भनाई छ ।
पुल निर्माण भएको करिव दुई वर्ष नबित्दै बर्षा सहितको भेलले लगेपछि स्थानिय चिन्तित भएका छन् । पुल बनाउँला स्थानियसँग छलफल नगरी काम गरिँदा यस्तो समस्या आएको स्थानियको भनाई छ । स्थानिय तथा पूर्व गाविस अध्यक्ष जयदेव राइले इन्जिनियरका कमजोरीका कारण यस्तो समस्या आएको बताए ।
दैनिक उपभोग्य वस्तु बजारबाट घरसम्म लैजान र उत्पादित कृषि उपज बजारसम्म लैजान स्थानियलाई सास्ती भएको छ । स्थानियले पटक पटक नेता तथा स्थानिय सरकारलाई गुनासो गर्दा पनि कसैले वास्ता नगरेको स्थानियको भनाई छ । सो क्षेत्रका जनप्रनितनिधिले जनताको दुखेसो नबुझेका कारण यस्तो समस्या भएको स्थानियको भनाई छ ।
पटक पटक निर्वाचित हुँदै आउनु भएका प्रतिनिधि सभा सांसद सुवासचन्द्र नेम्वाङले यस पुलका बारेमा पहल नगरेको स्थानियको आरोप छ । स्थानिय राजु कार्कीले सुवासचन्द्र नेम्वाङले पहल नगर्दा यस्तो समस्या आएको बताए । उनले पटक पटक जितेर गएका नेम्वाङले राम्रो काम नगरेका कारण यस्तो दुखका दिन स्थानियले भोग्नु परेको उनको भनाई छ ।
निर्माण भएको पुल भत्काएर लगेपछि स्थानियले बर्खामा निकै कस्टकर जिवनयापन गर्नु पर्ने बाध्यता रहेको छ । विरामी पर्दा झनै समस्या हुने गरेको छ । करिव पाँच सयमा इलाम बजार पुग्न सकिने भएपनि पुल नहुँदा अन्य क्षेत्र घुमेर जानुपर्दा एकहजारसम्म भाडा तिर्नुपर्ने गरेको स्थानियको भनाई छ ।
२०७५ सालमा निर्माण सम्पन्न भएको उक्त पुल तत्कालिन जिल्ला विकास समितिको जिल्ला पूर्वाधार कार्यालयले निर्माण गरेको हो । यो पुल तत्काल निर्माणमा सम्वन्धित निकायले चासो देखाउन जरुर छ ।