इलाम : गत असोज २४ गते दलबलसहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुग्दा एमाले नेता सुवासचन्द्र नेम्वाङको मुहारमा चमक थिएन ।
मलिन र शान्त देखिएका नेम्वाङ इलाम २ बाट पाँचौपटक उम्मेदवारी दर्ता गरिरहँदा सशंकित थिए । पाँचपटकसम्म निर्वाचित भएर पनि नेम्वाङले विकासका कुनै काम नगरेको, एमाले अध्यक्ष केपी ओलीले दुईपटक संसद् विघटनको साक्षी बसेर पाँच वर्षमा ‘बाली’ उठाउन आएको भनेर नेम्वाङमाथि मतदाताको आक्रोश चुलिँदो छ ।
उम्मेदवारी दर्तासँगै चुनावी अभियानमा होमिएका एमाले उपाध्यक्ष नेम्वाङले हरेक चुनावी सभामा उत्साहजनक भाषण गर्न सकिरहेका छैनन् । २३ वर्षमा भएका अधुरा कामहरूको फेहरिस्त र प्रस्टीकरणमा उनको भाषणबाजी चलिरहेको छ । तर, उनका लागि नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का चुनौती बनेर खडा भएका छन् ।
इलाम २ मा खड्काको सामाजिक गतिविधि र आक्रामक चुनावी प्रचार नेम्वाङका लागि भारी बनिरहेको छ ।
इलामका दुर्गम गाउँहरूलाई आफैंले माथि उकासेको दाबी गरिरहेका नेम्वाङका लागि यसपटकको चुनाव विगतको जस्तो सहज देखिँदैन । आफ्ना पुराना र नियमित मतदान गर्दै आइरहेका मतदाताहरू नेम्वाङप्रति खुसी छैनन् । किनकि प्रतिस्पर्धीहरुले उनले अधुरै छाडेका दर्जनौं विकासे योजनालाई चुनावी मसला बनाइरहेका छन् ।
जसका कारण मतदाताको मनोविज्ञान परिवर्तन भइरहेको छ । मतदाता विकल्प खोजिरहेका छन् । त्यो विकल्प खड्कामा देखेका छन् । त्यही भएर अहिले खड्काको पक्षमा माहोल बनिरहेको छ ।
खड्काले जिल्लामा बसेर संगठन विस्तार मात्र गरिरहेका छैनन्, दुःख–बिमार, आपत–विपत, मेला–महोत्सवमा आर्थिक सहयोग बोकेर गाउँगाउँ पुगिरहेका छन् । जसकारण मतदाता उनीसँग प्रत्यक्ष जोडिएका छन् । खड्का भन्छन्, ‘सबै पार्टीसँग आस्था राख्ने इलामेली जनताको सुख–दुःखमा म सधैं सँगै छु ।
मेरो सक्रियतालाई देखेर हजारौं इलामे जनताले कांग्रेस रोजेका छन् । जिल्लाका लागि सिन्को नभाँचेका नेम्वाङलाई यसपटक इलामेली मतदाताले बिदा दिने निश्चित छ ।’ स्थानीय तहको निर्वाचनको मत विश्लेषण गर्दा सत्तागठबन्धन चार हजार मतले अगाडि छ । त्यसमा खड्काको लोकप्रियताले पनि धेरै मत आउने देखिन्छ ।
डम्बर खड्काको बन्यो माहोल
युवा पुस्ताको भरोसा इलामका डम्बर खड्का हुँन । जहाँ जहाँ समस्या पर्छ , त्यहाँ त्यहा डम्बर खड्काको आवश्यक्ता पर्दछ । जहिले जहा पनि उत्तीकै हौसला बोकेर खड्का बिपतमा परेका सबैलाई साथ दिन पुग्ने गरेका छन । खड्काले कोरोना महामारी कोभिडमा होस या भुकम्प र नाकाबन्दीमा होस असहजता भोगेका सबैलाई सहजता थपे ।
सामाजिक रुपमा ख्याती कमाएका डम्बर खड्का हाल नेपाली कांग्रेसको जिल्ला सभापति हुनुह । उनि अहिले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन। उनि एमाले नेता सुभाष नेम्वाङ संग चुनावी प्रतिष्पर्धाको दौडमा छ्न । २५ बर्ष सम्म उक्त क्षेत्रबाट चुनाव जितेर खासै बिकासका काम गर्न नसकेर आलोचित भएका सुभाषलाई युवा उम्मेदवार खडकाको उम्मेदवारी यस पटक चुनौती बनेको छ ।
युवाको साथ र हौसलाका कारण खड्काका पक्षमा माहोल बनेको छ । क्षेत्र नम्बर २ को इलाम नगरपालिका र चुलाचुली गाउँपालिका काग्रेसले बढी मतान्तरले चुनाव जितेका पालिका हुन । देउमाई , फाकफोकथुम र माङसेबुङमा थोरै मतले पराजित भएका पालिका हुन । माईनपाका केहि वडा समेत २ नं. क्षेत्रमा पर्दछन ।
पछिल्लो समय फाफोकथुम, इलाम र चुलाचुीमा काग्रेस प्रवेशको लहर नै चलेको छ । खड्कालाई चुनाव जिताउन काग्रेसका भेषराज आचार्य , हिमालय कर्मचार्य बेनुप प्रसाई, केशव थापा सहितका सबै नेता एकजुट भएर लागेका छन । स्थानीय पालिकाको मत परिणामा अनुसार खड्काले चुनाव जित्ने निश्चित भएको काग्रेसले जनाएको छ ।
खड्का युवा माझ चर्चीत भएकै कारण उनको पक्षमा माहोल बन्दै गएको हो । उनले ब्यक्तिगत लगानीमा गरेका सामाजि कामको र आपत बिपतमा गरेको सहयोगको ऋण तिर्ने तयारीमा युवा जमात छ ।