इलाममा निर्वतमान वडाध्यक्ष थापा सहित १९२ जना एमाले परित्याग गरि कांग्रेस प्रवेश (फोटो फिचर )

  नयाँ बुलन्द
1.3k Shares


इलाम : इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा एमाले लगायत अन्य पार्टी परित्याग गरि १९२ जना नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् ।

गठबन्धनले आयोजना गरेको चुनावी सभामा ठूलो संख्यामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेस  रोजेका हुन् । पार्टी परित्याग गर्नेमा एमाले फाकफोकथुम गाउँपालिका उपाध्यक्ष एवम् वडा नम्बर ७ का निर्वतमान वडाध्यक्ष लोक बहादुर थापा लगायत रहेका  छन् ।

थापा लगायतको ठूलो समूहलाई नेपाली काङ्ग्रेस इलामका सभापति एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार डम्बर खड्का,पूर्व सभापति केशव थापा,हिमालय कर्मचार्य, महासमिति सदस्य भेसराज आचार्य  लगायतले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए । थापा २०७४ सालको निर्वाचनमा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । कार्यक्रममा थापाले विगत २३ बर्षदेखी इलामको क्षेत्र नम्वर २ बाट सुवासचन्द्र नेम्वाङले चुनाव जितेपनि विकासको नाममा सिन्को नभाचेको बताउँदै अव नेम्वाङबाट कुनै काम नहुने बताए । २३ बर्षदेखी जनतालाई पटक पटक झुक्याएको बताउँदै थापाले आगामी मसिर ४ गते नेम्वाङलाई विदा गर्नुपर्नेमा जोड दिए ।

दुई तिहाईको संसदलाई भंग गरेर एमाले अध्यक्ष ओली तानाशाहा बन्न खोजेकोले संविधानको रक्षाको लागि पाँच दलिय गठबन्धनको आवश्यकता रहेको नेपाली काग्रेस ,माओवादी केन्द्र र नेकपा एसका नेताहरुले बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार