वडाध्यक्ष बस्नेतद्वारा किर्ते काम स्वीकार, उपभोक्ता समितिका लागि आम भेला आह्वान

वडाध्यक्ष कृष्णबहादुर बस्नेत

इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले उपभोक्ता समिति गठन सम्बन्धी किर्ते माईन्युट खडा गरेको स्वीकार गरेका छन् । वडाध्यक्ष बस्नेतले उपभोक्ता समिति गठनको किर्ते माइन्युट खडा गरेपछि वडाध्यक्ष बस्नेतको अर्को कर्तुत : उपभोक्ता समिति गठनको किर्ते माइन्युट खडा शीर्षकको समाचार १५ कात्तिकमा नयाँ बुलन्द अनलाइनमा प्रकाशन भएपछि अडाध्यक्ष बस्नेतले आफ्नो गल्ती सच्याउन तयार भएका हुन् ।

उनले आधिकारिक उपभोक्ता समिति गठनका लागि आम भेलाको आह्वान गरेका छन् । माङसेबुङ गाउँपालिका २ नम्बर वडा कार्यालयको तर्फबाट सूचना प्रकाशन गर्दै वडाअधयक्ष बस्नेतले २७ कात्तिकका लागि आम भेलाको आह्वान गरेका हुन् ।

माङसेबुङ गाउँपालिका वडा नम्बर २ को आर्थिक वर्ष २०७९।०८० को योजना अन्तरगत वडा स्तरीय सडक मर्मत शीर्षकमा छुट्टिएको बजेट कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्न आम भेलाको आह्वान गरेका हुन् ।

वडाध्यक्ष बस्नेतले यसअघि सो योजना उपभोक्ता समिति गठन नगरी आफैं स्काभेटरको ठेकेदार भई काम सुरु गरेका थिए । उपभोक्ता समिति नै नबनाई योजनाको काम संचालन गरेपछि वडाअध्यक्ष बस्नेतद्वारा उपभोक्ता समिति नै नबनाई योजनाको काम शीर्षकको समाचार १४ कात्तिकमा नयाँ बुलन्द अनलाइनमा प्रकाशन भएको थियो । सो समाचार प्रकाशनपछि वडाध्यक्ष बस्नेतले रातारात किर्ते माईन्युट खडा गरी फर्जी उपभोक्ता समिति गठन गरेको कागज तयार गरेका थिए ।

समाचार प्रभाव

वडाध्यक्ष बस्नेतले आफ्नो गल्ती ढाकछोप गर्न पुरानै मितिको फर्जी आम भेला र उपभोक्ता समिति गठनको किर्ते माईन्युट खडा गरेका थिए । १६ कात्तिकमा वडा कार्यालयमा आएका सेवाग्राहीलाई १३ असोजको मितिको आम भेलाको माइन्युट खडा गरी हस्ताक्षर गराएका थिए ।

सो सम्बन्धीको समाचार समेत सौर्य अनलाइन र सौर्य दैनिकमा प्रकाशन भएपछि वडाध्यक्ष बस्नेतले आफ्नो गल्ती स्वीकार गर्दै सच्याउन तयार भएका हुन् ।

वडाध्यक्ष बस्नेतले ११ असोजमा बोलाएको पहिलो पटकको आम उपभोक्ताहरुको भेलाले समिति गठन गर्न नकसेपछि अर्को पटक भेला बोलाउने सहमतिमा स्थगित भएको थियो । तर त्यपछि कुनै भेला नबोलाई आफैं काम थालेपछि विवाद सुरु भएको थियो ।

यसअघि उपभोक्ता समिति गठन नगरी वडा अध्यक्ष बस्नेतले गरेको कामको बसै जिम्मेवारी स्वयम् वडा अध्यक्ष हुने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार