इलामका व्यवसायी बैंक तथा वित्तीय क्षेत्रले वृद्धि गरेको व्याजदर फिर्ताको माग गर्दै आन्दोलित

इलाम : इलामका व्यवसायीले आज मंगलबार सदरमुकाम इलाम बजारमा शान्तिपूर्ण र्याली निकालेका छन  । बैंक तथा वित्तीय क्षेत्रले वृद्धि गरेको व्याजदर फिर्ता गरिनुपर्ने लगायतका मागसहित व्यवसायीले बिरोध जनाएका हुन । इलाम उद्योग वाणिज्य संघ साथै जिल्लमा रहेका विभिन्न संघ संगठनका पदाधिकारी तथा प्रतिनिधिले इलाम चोक बजार बाट प्ले कार्ड सहित  जिल्ला प्रशासन कार्यालय सम्म र्याली निकालेका थिए।

व्यवसायीले प्रमुख जिल्ला अधिकारी माधब प्रसाद ढुंगानालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

कोभिड-१९ काे महामारीपछि मुलुकको अर्थतन्त्र संकुचित हुँदै गएको तथा आर्थिक गतिविधिमा आएको सिथिलताले आम व्यवसायीसहित सर्वसाधारणको समेत जनजीवनमा प्रत्यक्ष असर परिरहेका बेला बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्नु र असामान्य तरिकाले व्याजदर बढाएर अफ्यारोमा पारेको भन्दै वृद्धि गरिएको व्याजदर फिर्ता गरिनु पर्ने उनीहरुले माग गरेका छन् ।

उनीहरुले बैंकले वृद्धि गरेको व्याजदरका विषयमा मंगलबारबाट शान्तिपूर्ण आन्दोलनका कार्यक्रम गरेका छन् । त्यस्तै बुधबार २३ गते बैंकसँग कुनै पनि कारोबार नगर्ने तथा दुई घण्टा प्लेकार्डसहित मौन जुलुस गर्ने, २५ गते मुख्यमन्त्री एवं नेपाल राष्ट्र बैंकमा प्लेकार्डसहित धर्ना दिने तथा ज्ञापनपत्र दिने कार्यक्रम रहेको  उद्योग वाणिज्य संघका इलाम अध्यक्ष ईश्वरलाल चिपालुले बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार