क्यान्सर विरुद्ध साइकल यात्रा

इलाम : नेपालमा बालवालिकामा क्यान्सर हुने क्रम बढ्दो क्रममा रहेको भन्दै यसको नियन्त्रणकालागि जनचेतना जगाउने उदेश्यले एकल साइकल यात्रा सुरु भएको छ ।

दीर्घजीवी स्वयंंसेवी संस्थाका संस्थापक अध्यक्ष समिर श्रेष्ठ काठमाडौंवाट इलामसम्मको साइकल यात्रामा छन् । उनले आइतवार यात्रा सुरु गरेका हुन् ।

नेपालमा हरेक वर्ष करिब १ हजार ६ सय बालबालिकालाई क्यान्सर हुने गरेको तथ्यांक संस्थाको छ । चेतना र उचित उपचारको अभावमा कैयौंले आफ्नो ज्यान गुमाउने गरेका छन् । ‘वेल्स अफ होप’ नाराका साथ यात्रा सुरु गरेका श्रेष्ठ छ दिनमा इलाम आइपुग्ने छन् ।

यात्रामा लायन्स क्लब अफ काठमाडौको पनि सहकार्य रहेको छ । बाल्यकाल क्यान्सर बारे सचेतना जगाउने र क्यान्सर पीडित बालबालिकाको लागि सहयोग खोज्ने उनेश्यले श्रेष्ठको व्यक्तिगत अभियान भएको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार