झापा : पूर्वी नेपालमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुमा पार्टी परित्याग गर्ने क्रम बढेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिदैं जाँदा जसपामा पार्टी परित्याग गर्ने क्रम बढेको हो ।
यसै क्रममा सोमबार जसपा राजनीतिक समिति सदस्य नित्यानन्द ताजपुरिया र केन्द्रीय सदस्य मोहितलाल कामतीले जसपा छाडेका हुन् ।
ताजपुरिया र कामतीले सोमबार पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन् ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्वकेन्द्रीय महासचिवसमेत रहेका ताजपुरिया झापाका परिचित नेता हुन् । उनी पहिचानको राजनीति गर्दै आएका छन् ।
चुनावको मुखमा पार्टी छाड्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।