चतुरे गोलकपको उपाधि आयोजकद्वारा रक्षा


इलाम : इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा संचालित ‘माङसेबुङ-३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमले रक्षा गरेको छ ।

शुक्रबार भएको फाइनलमा पीवाई फुटबल क्लब चिबुवा माङसेबुङ ३ विरुद्ध २-० गोल अन्तरको जित निकाल्दै आयोजक टिमले उपाधि रक्षा गरेको हो ।

उपाधिका लागि आयोजकका स्ट्राइकर प्रविण राई नायक साबित भए । खेलको १३ औं मिनेटमा नै हेडमार्फत पहिलो गोल गरि टिमलाई अग्रता दिलाएका राइले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरी २-० को जित दिलाए ।

जितसगै आयोजक टिम माङसेबुङ-३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले नगद ५० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाए ।

उपविजेता चिबुवाले नगद ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाए ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता विजेता टिमका प्रविन राई, उत्कृष्ट गोलरक्षक विजेता टिमकै कुमार गुरुङ, उत्कृष्ट खेलाडी उपविजेता टिमका जीवन लिम्बू र उत्कृष्ट डिफेन्डर विजेता टिमका रोशन धिमाल घोषित भए ।

२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ-३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले ६ कात्तिकदेखि संचालन गरेको प्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार