माङसेबुङको कार्यपालिका बैठकद्वारा तीन कार्यविधि र एक मापदण्ड पारित

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले तीनवटा कार्यविधि र एउटा मापदण्डा पारित गरेको छ ।

बुधबार बसेको गाउँकार्यपालिकाको बैठकले तीनवटा कार्यविधि र एउटा मापदण्डा पारित गरेको प्रवक्ता सुसन राईद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा उल्लेख छ ।

कार्यपालिका बैठकले कृषि उत्पादन प्रोत्साहन सम्बन्धी कार्यविधि २०७९, आयोजना व्यवस्थापन सेवा (कन्टेन्जेन्सी) खर्च गर्ने सम्बन्धी कार्यविधि २०७९ र प्राविधिक कर्मचारी (इन्जिनियर सेवा/समूह) को फिल्ड सुविधा कार्यविधि २०७९ पारित गरेको हो ।

त्यसैगरी बैठकले संस्थागत रुपमा आर्थिक सहायता उपलब्ध गराउन बनेको मापदण्ड २०७९ पारित गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार