माङमालुङ गोल्डकप सुरु, आयोजक विजयी

इलाम : इलामको माङ्सेबुङ २ स्थित डोलटार खेलमैदानमा ‘माङमालुङ गोल्डकप’ खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष विनोद नेम्बाङ, निवर्तमान अध्यक्ष डिकेन्द्र इडिङ्गोलगायतको उपस्थिति थियो ।

बुधबार सुरु भएको उद्घाटन खेलमा एनवाईसी डाडागाउँलाई सडेन डेथमा पराजित गर्दै आयोजकले विजयी यात्रा सुरुआत गरेको हो ।

बिहीबारदेखि दुई खेल संचालन हुनेछन् । पहिलो खेलमा सुनुयुमा एफसी र सिक्तेम्बा एफसी ‘बी’ तथा दोश्रो खेलमा जनसाहित्य एफसी र कुरुम्बा अण्डर सिक्स्टिनबिछ प्रतिष्पर्धा हुने आयोजकका अध्यक्ष कमल कार्कीले जानकारी दिए ।

राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा ‘माङमालुङ गोल्डकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेको प्रतियोगितामा इलाम र पाँचथरका २६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले नगद ५० हजार ९१ र उपविजेताले २५ हजार ९१ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको फाइनल २७ कात्तिकमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार