खुट्टाको जटिल समस्या झेलिरहेका फाकफोकथुमका बलबहादुर कार्कीको खुट्टै काट्नु पर्ने वाध्यता,उपचार खर्च भने अभाव

  युद्धबहादुर बोहोरा
1.4k Shares

 

इलामः फाकफोकथुम गाउँपालिका वडा नं १ निवासी ६८ वर्षीय बलबहादुर कार्कीको खुट्टामा जटिल समस्या देखिएपछि खुट्टै काट्नु पर्ने वाध्यता भएको छ ।

विगत लामो समयदेखि दायाँ खुट्टामा समस्या देखिएपछि इलामको फिक्कल औषधालय,झापाको बिएण्सी हुँदै धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार गर्दा समेत समस्य हल नभई झन बढेर गएको छ ।

शुरुमा खुट्टाको नङ्मा घाउ भएको र पछि बढ्दै गएर औला झर्न थालेपछि समस्या जटिले बनेको विरामीका छोरा सन्तोष कार्कीले बताए । उनले भावुक हुँदै भने,’बुबालाई तन्दुरुस्त बनाउन धेरै अस्पतालहरु धायौ तर, कतै पार नलागेपछि चिकित्सकको सहल्लाह अनुसार  बुबाको खुट्टा काट्नै पर्ने अवस्था आएकोमा दुखित छौं के गर्नु बाध्यता पर्यो ।’ खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएकोले हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धारानमा उपचार गरिरहेको र हालसम्म ७ लाख भन्दा बढी खर्च भएको छ । थपउपचार (शल्यक्रिया) गर्न धेरै रकम लाग्ने भएकोले मानवीयताको नाताले जो कसैले सहयोग गरिदिन्छ कि भन्ने आसा गरेका छौं, उनले अनुरोध गरे ।  परिवारको आर्थिक अवस्था समेत कमजोर हुँदै गएको अवस्थामा विभिन्न संघसंस्था आफन्त तथा सम्बन्धित सबैमा  परिवार तथा १ नम्बर वडा कार्यालयले समेत अपिल गरेको र वडा कार्यालयले पनि सिफारिस बनाइ दिएको वडा सचिव विनोदबाबु कार्कीले जानकारी दिए । इच्छुक महानुभावले सहयोगको लागि  मोबाइल नम्बर ९८१८७०३६४०,९८१८१२१२०८७७ मा फोन सम्पर्क गरि सन्तोष कार्कीको नाममा रहेको सानिमा बैंकको खाता नं.०६००००००४७०E  मा  जम्मा गरिदिन अग्रह गरेका छन् ।

आर्थिक अवस्था अत्यन्तै कम्जोर भएका परिवारलाई उनको उपचार गर्न कठिन भएकोले फाकफोकथुम घर भइ हाल दक्षिण कोरियामा कार्यरत बिरेन्द्र पौडेल र सुरेश कार्कीको अगुवाईमा आर्थिक सहयोग जुटाउन शुरु गरिएको  जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार