इलाम : इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा जारी ‘माङसेबुङ-३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगितामा माङमालुङ एफसी, पिवाई फुटबल क्लब चिबुवा ‘बी’ र कुसुण्डे एफसी विजयी भएका छन् ।
पहिलो खेलमा ब्याक अगेन पन्चमीलाई ३-१ गोल अन्तरले पराजित गर्दै माङमालुङ एफसी बिजयी बन्यो ।
दोश्रो खेलका लागि मिक्लाजुङ २ पाँचथर निर्धारित समयमा उपस्थित नभएपछि पिवाई फुटबल क्लब चिबुवा ‘बी’ स्वत विजेता घोषित भयो ।
तेश्रो खेलमा गैरीगाउँ एफसीलाई ६-१ गोलको अन्तरले पराजित गर्दै कुसुण्डे एफसी विजयी बन्यो ।
आज (मंगलबार) दुई खेल सुरु हुनेछ । पहिलो खेलमा पावा ‘ए’, र सिक्तेम्बा ‘ए’ तथा दोश्रो खेलमा साबिक इभाङ ३ र माङमालुङ एफसीबिच प्रतिष्पर्धा हुनेछ ।
२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ-३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेको प्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको फाइनल १८ कात्तिकमा हुनेछ । प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ र उपविजेताले ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।