चतुरे गोलकप : गैरीगाउँ, मान्द्रे र आयोजक ‘बी’ विजयी


इलाम : इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा जारी ‘माङसेबुङ-३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगितामा गैरीगाउँ, मान्द्रे र आयोजक ‘बी’ विजयी भएका छन् ।

पहिलो खेलका लागि इभाङ निर्धारित समयमा उपस्थित नभएपछि माङसेबुङ २ गैरीगाउँ स्वत विजेता घोषित भयो ।

दोश्रो खेलमा आयोजकलाई टाइब्रेकरमा ४-२ गोलको अन्तरले पराजित गर्दै नमुना युवा क्लब मान्द्रे माङसेबुङ ३  विजयी बन्यो ।

तेश्रो खलेमा पावा ‘बी’ माङसेबुङ २ लाई ५-१ गोलको फराकिलो अन्तरमा पराजित गर्दै आयोजक ‘बी’ ६ विजयी बन्यो ।

आज (आइतबार) दोश्रो चरणको खेल सुरु हुनेछ । दोश्रो चरणको पहिलो खेलमा खलङ्गे र सिक्तेम्बा ‘ए’, दोश्रो खेलमा साबिक इभाङ ३ र सिक्तेम्बा भेट्रान तथा तेश्रो खेलमा पावा ‘ए’ र दानाबारीबिच प्रतिष्पर्धा हुनेछ ।

२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ-३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेको प्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनल १८ कात्तिकमा हुनेछ । प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ र उपविजेताले ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

विजेताको  पुरस्कार नेपाली कांग्रेस इलामका सभापति एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वार डम्बरबहादुर खड्काले प्रायोजन गरेका छन् ।

त्यसैगरी उपविजेताको पुरस्कार नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिवालय सदस्य एवम् प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (२) का गठबन्धनका उम्मेद्वार हर्कबहादुर लावती (कान्छा) ले प्रायोजन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार