चतुरे गोलकप : चिबुवा ‘बी’ र कुसुण्डे एफसी विजयी


इलाम : इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा जारी ‘माङसेबुङ-३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगितामा चिबुवा ‘बी’ र कुसुण्डे एफसी विजयी भएका छन् ।

पहिलो खेलमा जनसाहित्य कोशेली किरण माङसेबुङ २ लाई सडेन डेथमा पराजित गर्दै चिबुवा ‘बी’ माङसेबुङ ३ विजयी बन्यो ।

दोश्रो खलेमा सिङलाबु एफसी माङसेबुङ ३ लाई ३-२ गोल अन्तरमा पराजित गर्दै कुसुण्डे एफसी माङसेबुङ ६ विजयी बन्यो ।
शनिबार तीन खेल संचालन हुनेछ । पहिलो खेलमा गहिरीगाउ र हुलाक, दोश्रो खेलमा आयोजक ‘ए’ र नमुना युवाक्लब मान्द्रे एवम् तेश्रो खेलमा सुनुयुमा क्लब पावा ‘बी’ आयोजक ‘बी’ बिच प्रतिष्पर्धा हुनेछ ।

२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ-३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेको प्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनल १८ कात्तिकमा हुनेछ । प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ र उपविजेताले ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

विजेताको  पुरस्कार नेपाली कांग्रेस इलामका सभापति एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वार डम्बरबहादुर खड्काले प्रायोजन गरेका छन् ।

त्यसैगरी उपविजेताको पुरस्कार नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिवालय सदस्य एवम् प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (२) का गठबन्धनका उम्मेद्वार हर्कबहादुर लावती (कान्छा) ले प्रायोजन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार