पाँचथरः जिल्लाको आठवटा पालिकाको सुरक्षा व्यवस्था अनुगमन सकिएको छ । सोमबार दक्षिणमा रहेको मिक्लाजुङ,फाल्गुनन्द गाउँपालिकाको रबि, घुर्बिसे पञ्चमीलगायतमा अनुगमन गरिएको डिएसपी हरि खतिवडाले जानकारी दिए ।
निर्वाचन क्षेत्र र सुरक्षा, सुशासन, अनुगमन गरिएको थियो। नागरिक स्तरबाट नागरिकता, आत्महत्या, न्युनिकरण, प्रहरी जनशक्ति थप गरिनुपर्ने सवाल नागरिकबाट उठेको पाइएको छ ।
जिल्लाका एक नगर र ७ पालिकामा रहेका प्रहरी चौकी, इलाका चौकीमा अनुगमन सहित विभिन्न किसिमका हुने हिंसा न्यूनीकरणका सचेतना, नागरिक सुनुवाई समेत कार्य गरिरहेको डिएसपी खतिवडाले जानकारी दिए ।
अनुगमनमा सिडिओ गणेश गैरे, सुरक्षा अधिकारीहरुको उपस्थिति हुने गरेको छ । अनुगमन निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्था र नागरिकबीच संवाद सहितको अवस्था अनुगमन गर्दै लैजाने डिएसपी खतिवडाको भनाइ रहेको छ ।-सौर्य अनलाइनबाट